नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकुको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर कम्तीमा पनि ३१ जनाको मृत्यु भएको छ ।

यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।

नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरूले बोको हरामका लडाकुहरूमाथि सो कारबाही गरेका हुन् । सो कारबाहीका क्रममा अरू ७० जना लडाका पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

यहाँको सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार यहाँको उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा यहाँका सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको बताइएको हो । 

यसक्रममा बोको हरामका केही लडाकु घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसमर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नाकको एक समूहले आतङ्क मच्चाइरहेको छ ।  





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार १३:५०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया