सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’

हलमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘२ नम्बरी’ कास्कीको ल्वाङ गाउँका स्थानीय माझ देखाइएको छ । गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्मको छायांकन ल्वाङ गाउँमै गरिएको हो ।

फिल्म देखाउन त्यहाँ पुगेका निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन गरेका हुन् । फिल्म हेर्न करिब दुई सय स्थानीय उपस्थित भएका थिए ।

‘फिल्मले अहिलेसम्म सुखद व्यापार गरिरहँदा हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो,’ निर्देशक लामाले भने ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनित यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ ।  





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार १६:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया