टी–२० वरीयतामा नेपाल १४औँ स्थानमा, पारस ४२औँ वरीयताका अलराउन्डर

काठमाडौं– आइसिसीको नयाँ अन्तर्राष्ट्रिय टी–२० वरीयताक्रममा नेपाल १४औँ स्थानमा परेको छ ।

टी–२० का सात खेलमा नेपालले ३ सय ३ अंकसहित ४३ रेटिङ पाएको छ । ओडिआई वरीयतामा भने नेपाल युएई सिरिजपछि १५औँ स्थानमा छ । 

टी–२० वरीयतामा ३८ खेल खेलेको पाकिस्तान ५ हजार १ सय १० अंक र १ सय २६ रेटिङसहित शीर्षमा छ । वरीयतामा नेपालले आयरल्यान्ड, ओमन, हङकङ, युएईलाई पछि पार्दै १४औं स्थान बनाएको हो ।

युएई सिरिजपछि नेपाली खेलाडीको वरीयतामा पनि सुधार आएको छ । टी–२० ब्याटिङ वरीयतामा कप्तान पारस खड्का ९६औँ स्थानमा उक्लिएका छन् । गत महिना उनी ९७औँ स्थानमा थिए ।

बलिङ वरीयतामा वसन्त रेग्मी ७४औँ स्थानमा यथावत् छन् । सोमपाल कामी बलिङ वरीयताको ९३औँ स्थानमा छन् । टी–२० अलराउन्डर वरीयतामा भने पारस खड्का ४२औँ र सोमपाल कामी ६४औँ स्थानमा परेका छन् ।





  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार २०:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया