नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै तराई मधेसका पण्डित (कुम्हाले) समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सिराहासहित तराई मधेसका कुम्हाले कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । सिराहाको धनगढी माई नपा ७ कसहाका ४० वर्षीय अर्जुन पण्डितलाई अहिले माटोको भाँडा बनाउन भ्याई नभ्याई छ । तराईका सांस्कृतिक पर्व छठ तथा दीपावली नजिकिँदै गर्दा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्यधिक भएकाले परिवारै भाँडो तथा पूजा सामग्री बनाउन व्यस्त भएका हुन ।
छठ तथा दीपावली पर्वमा नै सबैभन्दा बढी माटाका भाँडा बिक्ने भएकाले अर्जुनका परिवारै यतिखेर माटोको भाँडा बनाउनमा व्यस्त छन् । उनले भने, ‘दसैं बितेसँगै म, कान्छो छोरा रामवृक्ष, बुवा वैजनाथ, छोरा, श्रीमती विहान देखि वेलुका सम्म यसैमा लागेको हुन्छौँ, अहिले कमाई हुने भएकाले अरुकाम थाती राखेर यसमा लागेका हौं । उनले थपे यही एक महिनाको अवधिमा सवै खर्च कटाय लाख रुपैयाँ सम्म बचत हुन्छ ।’
वर्षभरीमा सबैभन्दा बढी अहिले नै माटोको सामाग्री विक्री हुने भएकाले पनि उनीहरू बजारको मागअनुसार सामग्री निर्माणमा जुटेका हुन । धनढीमाई नपा ७ कसहाकै ३१ वर्षिय रामदुलार पण्डितलाई पनि अहिले उतिकै चटारो लागेको छ । उनी श्रीमती, आमासहित बिहानै देखि माटो भिजाउने, मुछ्ने देखि माटाका सामग्री बनाउन मै ब्यस्त हुन्छन् ।
अहिले कै कमाइले वर्ष भरि पुग्ने भएकाले पनि यो समुदाय दिन रात नभनी काममा लाग्ने गरेको रामदुलारले बताए । उनले भने, ‘अहिले नै रामो विक्री हुने हो, अरुवेला त्यति चल्दैन । उनले थपे‘ यो काममा साना देखि ठूला सबैको काम हुन्छ । माटो ल्याउने, भिजाउने, माटाका सामाग्री बनाउनेदेखि त्यसलाई सुकाउने, पोल्ने सम्मको सबैले काम पाउँछन् ।’
प्लास्टिकका भाँडाले बजार खाए पनि तराईमा धूमधामका साथ मनाइने छठ लगायतका चाडपर्व, विवाह तथा पूजामा माटाको भाडा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने मान्यता छ । उनले गत वर्ष चाड पर्व मनाएर ५५ हजार रुपैयाँ बचत गरेको बताए ।
पूजा तथा विशेष पर्व तिहारमा मात्र काम लाग्ने भएकाले अरुवेला भने माटाका भाँडा वर्तन विक्री कम हुने गरेको उनीहरुको भनाई रहेको छ । प्लास्टिकका सामाग्रीका कारण मेहनत अनुसारको आफुहरुले उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा आफ्नो पेसा धरापमा परेको उनीहरुको बुझाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।