प्रतिभाशाली पूर्णिमा, छोटो समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल

गायिका पूर्णिमा लामाले अहिलेसम्म पाँच सयभन्दा बढी गीत गाउन सफल भएकी छिन् । नेपाली सुगम संगीत क्षेत्रकी परिचित गायिका लामा सानै उमेरदेखि गीतसंगीत क्षेत्रमा  लाग्दै आएकी छन् । उनी डेढ दशकदेखि निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशिल पनि छन् । 

नेपाली गीतसंगीत क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित भइसकेकी गायिका लामा असाधारण क्षमताकी बहु प्रतिभाशाली गायिका समेत हुन् । लामाले हालसम्ममा झन्डै पाँचभन्दा बढी गीत गाइसकेको बताइन् । 

लामाले गीतसंगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय स्तर संघसंस्थाहरूबाट विभिन्न समेत पाइसकेकी छन् ।  हालसम्म एक दर्जनभन्दा बढी अवार्ड प्राप्त गरिसकेको उनी बताउँछिन् । 

डेढ दशकदेखि गीतसंगीत क्षेत्रमा निरन्तर सक्रिय लामाले गाएको मुटु जली खरानी भो..., फुल भनौँ जिन्दगीलाई..., साँचो माया..., कसले बुझ्ने..., चोखो माया जस्ता दर्जनौँ गीत गाएकी छन् । उनले नेपालमा मात्रै नभएर हङकङ, कोरिया, दुबइ, कतार, मलेसियालगायत देशमा समेत पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छन् ।  





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १३:१३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया