\
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निर्वाचनपछि पनि गठबन्धन निरन्तर रहने बताएका छन् । विराटनगरमा आज आयोजित लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
डा. कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने पनि बताए । उनले गठबन्धनबिना सरकार बन्न नसक्ने बताउँदै निर्वाचन अगाडि होस् वा पछाडि गठबन्धन हुन जरुरी रहेको बताए।
‘यो गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहनेछ,’ कोइरालाले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।