१५ दिनपछि खुल्यो नाग्म-गमगढी सडकखण्ड

नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएको छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडकखण्ड आजदेखि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगढी राजमार्ग खुलेको जनाएको छ । कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबैभन्दा बढी पहिरो गएको थियो । 

इन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पन्छाएपछि सडक खुलेको हो । उनले नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटरमा १ सय ५० वटा पहिरो पन्छाएको बताए ।    

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पञ्छाइएको छ । पहिरो पन्छाएपछि मोटरसाइकल सहजै ओहोरदोहोर गर्न थालेका छन् ।

साँघुरो स्थानमा थप मर्मत गरिएपछि गाडी चलाउने तयारी भइरहेको छ ।  





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १५:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया