इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल पराजित भएको छ । ऊ घरेलु टोली नोटिंघम फरेस्टसँग १–०ले पराजित भएको हो ।
सिटी ग्राउन्डमा फरेस्टलाई जित दिलाउन खेलको ५५औं मिनेटमा टाइव अवनियीले निर्णायक गोल गरेका थिए ।
यो जितसँगै १२ खेलमा ९ अंक जोडेको फरेस्ट १९औं स्थानमा रहँदा पराजित लिभरपुल ११ खेलबाट १६ अंकका साथ सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।