लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीको नयाँ कार्यसमिति चयन

लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा विष्णु बस्याल निर्वाचित भएका छन् । आज सन्धिखर्कमा सम्पन्न तेस्रो अधिवेशनले बस्यालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमितिको सर्वसम्मत गठन गरेको हो । 

जसको उपाध्यक्षमा कमलप्रसाद पोख्रेल, सचिव तीर्थराज आचार्य, सह–सचिव मन्जु घिमिरे र कोषाध्यक्षमा सीता श्रेष्ठ चयन भएका छन् ।

यस्तै, समितिको सदस्यमा गोपालप्रसाद भट्टराई, सीता बन्जाडे, राम बसु, कृष्णप्रसाद भुसाल, नारायण खनाल र महेश्वर पन्थी छनोट भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको आजै बसेको प्रथम बैठकले माधवराज चुँदाली संयोजक रहेको ११ सदस्यीय सल्लाहकार समितिको चयन गरेको अध्यक्ष बस्यालले जानकारी दिए ।

महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर गरिएको अधिवेशनको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले समुद्घाटन गरेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार २१:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया