एमालेका पूर्ववडाध्यक्षसहित सयजनाभन्दा बढी कांग्रेसमा प्रवेश

रुपन्देहीमा नेकपा एमालेका पूर्ववडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। साविक टिकुलिगढ गाविस–७  बाट ०५४ मा वडा अध्यक्षमा निर्वाचित होम शंकर भट्टराई कांग्रेसमा प्रवेश गरेका हुन्।

शनिबार तिलोत्तमा नगरपालिका–१४ टिकुलिगढमा पाँचदलीय गठबन्धद्वारा आयोजित कार्यक्रममा उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् । कांग्रेसमा प्रवेश गर्दै भट्टराईले एमालेलाइ जिताएर जनचाहनाअनुसार काम गर्न नसकेको र अब मुलुकको विकासका लागि कांग्रेसको विकल्प नभएको बताए। 

कार्यक्रममा एमाले नेता ताराप्रसाद छन्तेल, पूर्वखेलाडी राजु लामासहित एक सयभन्दा बढी पार्टीमा प्रवेश गरेको रुपन्देही कांग्रेसले जनाएको छ। प्रवेश गर्नेहरू उक्त क्षेत्रका प्रभावशाली व्यक्तिहरू हुन्। 

नवप्रवेशीहरूलाई स्वागत गर्दै पाँचदलीय गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाणले मुलुकको हितका लागि गठबन्धन बनेको उल्लेख गर्दै निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने बताए।





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार २१:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया