चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनबाट हु जिन्ताओलाई किन निकालियो ?

चिनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय कंग्रेसको समापन समारोह चलिरहँदा अनौठो दृश्य देखिएको छ । सोही पार्टीका पूर्व सर्वोच्च नेता एवं पूर्वराष्ट्रपति हु जिन्ताओलाई समारोहबाट जबर्जस्ती बाहिर निकालिएको छ ।  

७९ वर्षीय हुलाई एकजना व्यक्तिले पाखुरामा समाएर जबर्जस्ती लगेको भिडियो अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ प्रसारण गरिरहेका छन् । राष्ट्रपति सी जिनपिङको छेउमा बसिरहेका उनी बाहिर जान अनिच्छुक देखिएपछि बलपूर्वक तानेर बाहिर लगिएको छ । 

यस सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीले कुनै स्पष्टीकरण दिएको छैन । राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा उनकै अगाडि पूर्वराष्ट्रपतिमाथि ‘अपमानजनक' व्यवहार भएको भन्दै अन्तर्राष्ट्रिय सचरमाध्यममा आश्चर्य व्यक्त गरिएको छ । 

७९ वर्षीय हुले सन् २००३ देखि २०१३ सम्म १० वर्षसम्म चीनको राष्ट्रपति पद सम्हालेका थिए । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार २२:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया