बराबरीमा राेकिए चेल्सी र युनाइटेड

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । उनीहरूले चेल्सीकाे घरेलु मैदान स्टामफर्ड ब्रिजमा १–१ काे बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य बन्याे । निकै प्रतिस्पर्धात्मक बनेकाे ८६ औँ मिनेटमा जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

थप गरिएको समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । याे नतिजासँगै ११ खेलमा २१ जाेडेकाे चेल्सी चौथो रहँदा समान खेलबाट २० अंकका साथ युनाइटेड पाँचौं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई ३–० तथा म्यानचेस्टर सिटीले ब्राइटनलाई ३–१ ले पराजित गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार ७:१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया