समानुपातिकतर्फको बन्दसूचीबाट ३८५ उम्मेदवारको नाम हटाउँटै आयोग

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनाको नाम हटाइने भएको छ । पालिका चुनावमा उम्मेदवार भएर शनिबारसम्म खर्चको विवरण नबुझाएकाले निर्वाचन आयोगले उनीहरूको नाम हटाउन लागेको हो ।

दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै खर्च विवरण नबुझाएको पाइएको छ । आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो । तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन् । हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने आयोगको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

दलले बुझाएको बन्दसूचीको क्रम सङ्ख्याको अगाडि नै नाम भएकाले जरिबाना तिरे पनि अन्तिमतिर भएकाले नतिरेका आयोगले जनाएको छ ।

पालिका चुनावमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र खर्च नबुझाएका कारण गएको भदौ ३१ गते आयोगले १ लाख २३ हजार ६ सय २४ जनालाई जरिबाना गरेको थियो । त्यसमध्ये ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४ सय ३९ जना उम्मेदवार बनेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार ९:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया