ली चियाङ चीनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय कमिटीले दोस्रो नेताको रूपमा चयन गरेको थियो ।
योसँगै चियाङ चीनको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्न लागेका हुन् ।
पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् । उनले प्रविधि र आर्थिक विकासमा उदाहरणीय काम गरेका छन् । सात सदस्यीय पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा झाउ लेजी, वाङ हुनिङ, काई ची, डिङ सुइसिङ र ली सीको चयन भएको छ ।
आइतबार बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले ५ वर्षसम्मका नयाँ सहकर्मीको परिचय गरेका थिए ।
पार्टीको २० औं महाधिवेशनमाले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।