मर्ज प्रस्ताव पारित गर्न सूर्या र ज्योति लाइफले बाेलाए साधारणसभा

सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्स  एक आपसमा मर्ज हुँदैछन् । यसको लागि दुवै कम्पनीले कात्तिक २८ गते साधारणसभा बोलाएका छन् । जसमा सूर्या लाइफको सभा होटल हैरिसन प्सालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९ बजे सुरु हुनेछ । यस्तै, ज्योती लाइफको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजे सुरु हुनेछ । 

सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । जसमा सूर्या लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर ज्योति लाइफको ८२ कित्ता  सेयर अनुपात कायम हुनेछ । दुवै एक भएपछि कम्पनीको नाम सूर्या-ज्योती लाइफ इन्स्योरेन्स राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

हाल सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का छ । सूर्या लाइफ र ज्योति लाइफ  एक आपसमा गाभिने भएपछि दुवैको असार १३ गतेदेखि सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीबीच असार १२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । 
 
बिमा समितिको चैत १० गतेको निर्देशनअनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार ११:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया