नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलाे काराेबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो साताको काराेबारकाे अन्तिम दिन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रतितोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।