रोनाल्डाले ‘बलोन डी ओर’मा एक मत पनि पाएनन्

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वकै एक चर्चित फुटबलर हुन् । जारी सिजनमा सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा र समर्थकसँगको विवादले उनको लोकप्रियता ओरालो लाग्न थालेको छ । 

५ पटकका ‘बलोन डी ओर’ विजेता रोनाल्डो यो वर्ष मनोनयनमा परेकामध्ये सबैभन्दा पुछार अर्थात २० औं स्थानमा रहे ।

त्योभन्दा अचम्मको कुरा के छ भने यसपटक उनले एक मत पनि पाउन सकेनन् । ‘बलोन डी ओर’ का लागि राष्ट्रिय फुटबल टोलीका कप्तान र प्रशिक्षक तथा फरक–फरक देशका १८०  खेल पत्रकारले मतदान गर्छन् । फ्रेञ्च म्यागजिन लेक्युपीले यस वर्ष रोनाल्डाले ‘बलोन डी ओर’मा कुनै भोट नपाएको खुलासा गरेको हो ।

कुनै भोट नपाएका कारण पनि प्रसिद्ध फरवार्ड रोनाल्डोको युगको अन्त्य भएको हो भन्ने चर्चा चुलिन थालेको छ ।

गएको अगस्टमा एभर्टनविरुद्धको खेलपछि समर्थकको फोन फुटाएका कारण विवादमा परेका उनले बुधबार टोटनहम विरुद्ध २–० ले जितेको खेलका क्रममा खेल सकिनु अगाडी नै  कसैलाई नसोधी मैदान छोडे ।

जसका कारण उनलाई प्रशिक्षक इरिन टेन हागले त्यसपछिको एक खेलमा टोलीबाट बाहिर पनि राखेका छन् । रियल मड्रिडका पूर्व फरवार्ड रोनाल्डो बारम्बार नकरात्मक तरिकाले टिप्पणीमा आउनु र खेलमा पूरानो लय देखाउन नसक्दा उनको चर्चा विस्तारै सेलाउँदै गएको आकलन गरिन थालिएको छ ।  



बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्न नमान्नु, खेल नसकिँदै मैदान छोडेर हिँड्नु जस्ता कारणले क्लब र प्रशिक्षक एरिक टेन हाग पछिल्लो समय रोनाल्डोदेखि खुसी छैनन् । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार १४:३४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया