सेयर बजार १४.३५ अंकले बढ्यो, एक साताका लागि कारोबार बन्द

नेप्से परिसूचक आइतबार उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको छ । क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ ।

सेन्सेटिभ इन्डेक्सको २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेको हो । साथै १३५ कम्पनीको मूल्य बढ्दा ३९ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर छ ।

कूल २२१ वटा कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये होटेल तथा पर्यटन १९.९४ र म्युचुअल फण्ड ०.०४ ले घट्दा बाँकी सबै उपसमूह उकालो लागेको छ।

सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्स ९०.०९ अकंले बढेको छ । एभरेस्ट बैंक लिमिटेडको ५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल बैंक लि. को ३ करोड ३८ लाख ८० हजार रुपैयाँले कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।

‍‍‍‍‍‍तिहारअघि सेयर कारोबार गर्ने आइतबार अन्तिम दिन हो । सोमबारदेखि तिहारको बिदा सुरु हुँदै छ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से एक साताका लागि बन्द रहनेछ । अब नेप्से १४ कात्तिकमा खुल्नेछ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार १६:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया