अब पार्टी र देशकै नेतृत्व गर्न चाहन्छु, जनताकाे विश्वासलाई कुठाराघात गर्दिनँ : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफूले जनताले दिएको विश्वासलाई कहिल्यै कुठाराघात नगर्ने बताएका छन् । 

आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ को प्रदेश सभा ‘ख’मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै युवा नेता पौडेलले आफूले पाएको जति अवसर आफ्ना मतदातालाई दिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मतदाताहरुले आफूहरुलाई विनासर्तमा खाली कागजमा हस्ताक्षर गरेर दिएकाे विश्वासमा कुठाराघात नगर्ने उल्लेख गर्दै उनले भने, ‘पार्टीले मलाई अवसर दियो काठमाडौंबाट म यति भएँ । त्यसैले मैले जति अवसर पाएको छु त्यति अवसर तपाई पनि त्यही हुनुपर्दछ ।’ 

आफूले निर्वाचन जितेमा कहिल्यै मालिकजस्तो नबन्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफूलाई पार्टीमा सहयोग गर्ने साथीहरुलाई कहिल्यै भावनामा चोट पुग्ने काम नगर्ने बताए ।

आफूसँग जनताको पक्षमा काम गर्ने जोश र हुटहुटी रहेको बताउँदै पाैडेलले भने, ‘अब म पार्टीको नेतृत्व गर्न चाहन्छु । म देशको नेतृत्व गर्न चाहन्छु ।’ 
 





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार १७:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया