तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो ।
आइतबार काग तिहार र सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईगाेरूपूजा, बुधबार गोवर्द्धनपूजा र म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ ।
भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।