ला लिगामा बार्सिलोनाकाे फराकिलो जित
फरकधार / ७ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

स्पेनी ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले एथलेटिको बिलबाओविरुद्ध ४–० को जित हात पारेको हो ।



बार्सिलोनाको जितमा रोबर्ट लेवनडोस्की, ओसमन डेम्बेले, सर्बियो रोबर्टो र फेरान टोरेसले एक/एक गोल गरे । यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी पनि तीन अंकमा छोट्याएको छ । अन्य खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई २–१ ले हरायो ।



योसँगै ऊ तेस्रो स्थानमा उक्लियो । यस्तै, आल्मेरियाले भिल्लारियललाई २–१ ले पराजित गर्‍यो । इस्पनयोल र एल्चेले २–२ तथा जिरोना र ओसासुनाले १–१ को बराबरी खेले ।









  • प्रकाशित मिति : कात्तिक ७, २०७९ साेमबार ८:२:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया