सैनिक जवानसँग दीपावली मनाउन कारगिल भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी भएका छन् ।
एक भिडियोमा जवानले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देपखन्छन् । प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिएको तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् ।
मोदीले विगत केही वर्षदेखि सैनिक जवानसँग चाडपर्व मनाउँदै आएका छन् । उनले सेनाका जवानलाई मिठाइ बाँड्नुका साथै कारगिल युद्ध स्मारकमा माल्यार्पण गरेका छन् ।
सन् १९९९ मा पाकिस्तानसँग भएको युद्धमा ५ सय २७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा ज्यान गुमाएका सेनाका जवानप्रति पनि प्रधानमन्त्री मोदीले श्रद्धाञ्जली अर्पण गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।