ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दिपावली

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पनि हिन्दूहरुको महान् चाड दिपावली मनाइएको छ । 

अमेरिकाकी प्रथम महिला जिल बाइडनले राष्ट्रपति निवासमा दिवालीको आयोजना गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसलगायतको सहभागिता थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको अवसरमा ट्विटरमा एक शुभकामना सन्देश पनि दिएका छन् । उनले यो उज्यालोमा अँध्यारो सामाहित हुने ताकत मिलोस् भन्ने कामना पनि गरेका छन्।

उपराष्ट्रपति कमला ह्यारिसले पनि आफ्नो ट्विटर ह्यान्डलमा दिपावलीको शुभकामना दिँदै एक भिडियो ट्विट गरेकी छिन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार ९:२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया