केन्याको प्रहरीले भन्यो– गल्तीले पाकिस्तानी पत्रकार मारिए

पाकिस्तानका एक वरिष्ठ पत्रकार अरशद शरिफलाई नैरोबीमा रहेको प्रहरीले गोली हानी हत्या गरेको छ । उसले यो घटनालाई एउटा गल्ती भएको संज्ञा दिएको छ । 

नैरोबी प्रहरीले सोमबार केन्यामा लुकेर रहेका एक वरिष्ठ पत्रकारको गाली लागि निधन भएको पुष्टि गर्दै यस्तो बताएको हो ।

प्रहरीले नैरोबीको एक रोडब्लकमा उनले गाडी रोक्नु पर्ने तर नरोकेका कारण यो घटना भएको बताएको छ । प्रहरीले यसलाई दुःखद घघटना भन्दै प्रहरीले त्यस्तै एउटा गाडीको खोजी गरिरहेको र थाहा नभएकाले उक्त घटना भएको बताएको हो ।

यसअघि पाकिस्तानी सरकार र सेनाको आलोचना गरेपछि पत्रकार अरशदले पाकिस्तान छाडेर बाहिरी देश पुगेका थिए । उनलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ सरकारको चर्को आलोचकका रुपमा लिने गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शरिफले भने यो घटनाले आफूहरुलाई दुखी बनाएको मात्र बताएका छैनन्, केन्याका राष्ट्रपतिलाई फोन गरेर घटनाको सत्यतथ्य छानबिन गर्नसमेत माग गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार ९:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया