ऋषि सुनक प्रधानमन्त्री भए पछि उनका ससुराको प्रतिक्रिया

भारतीय मूलका ऋषि सुनक बेलायती प्रधानमन्त्री हुने निश्चित भएको छ । उनलाई कन्जर्भेटिभ पार्टीको नेतृत्व चुनिएको छ । 

बेलायतमा एशियाली मूलको व्यक्ति प्रधानमन्त्री हुन लागेको यो पहिलो पटक हो ।

यो घोषणापछि सामाचार एजेन्सी एएनआईले उनका ससुरा तथा इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिसँग यसबारे प्रतिक्रिया लिएको छ । 

‘ऋषिलाई बधाई,’ उनले भनेका छन्, ‘उनीमाथि हामीलाई गर्व छ र हामी उनको यो सफलतालाई बधाई दिन चाहन्छौँ । हामीलाई एकिन छ कि उनले बेलायती जनताका लागि सबैभन्दा राम्रो गर्नेछन् ।’

ऋषिले इन्फोसिसका संस्थापक नारायणमूर्तिकी छोरी अक्षता मूर्तिसँग सन् २००९ मा विवाह गरेका थिए । अक्षता अहिले बेलायतका सबैभन्दा धनी महिलाको सूचीमा पर्छिन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १०:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया