\
मकवानपुर प्रहरीले नवलपुरमा जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ ।
उनीहरुलाई जुवा खेलिरहेको खालबाट पक्राउ गरिएको हो । उनीहरुले जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरीले त्यहाँबाट १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाँ पनि नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।