भरतपुरको नयाँ मेडिकल कलेजअगाडि बाटोमा शंकास्पद बस्तु भेटिएको छ । एउटा झोला बम भएको आशंकामा प्रहरीले उक्त बाटोमा अहिले आगागमन रोकेको छ ।
बम राखेको आशंकामा प्रहरीले त्यहाँ सवारीसाधनहरु रोकेको हो ।
भरतपुरका एसपी नवराज अधिकारीले दिएको जानकारीअनुसार करिब एक घन्टाअगाडि त्यहाँ त्यो शंकास्पद वस्तु भेटिएको हो ।
शंकास्पद बस्तु डिस्पोजका लागि सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको प्रहरीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।