युवतीलाई आइटम भनेका युवालाई डेढ वर्ष जेल सजाय

मुम्बईको एक विशेष अदालतले यौन उत्पीडनको एक घटनामा २५ वर्षका व्यवसायीलाई डेढ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले कुनै पनि युवतीलाई आइटम भन्नु अपमानजनक भएको भन्दै यो सजाय सुनाएको हो ।

अदालतका न्यायाधीश एस जे अन्सारीले भनेका छन्, ‘आइटम एउटा यस्तो शब्द हो जसलाई युवतीको अपमानका लागि प्रयोग गरिने गरिएको छ । यसले युवतीलाई नराम्रो संकेत गर्ने गरेको छ ।’

अदालतले यो घटनामा ती युवालाई धरौटी राख्ने विषय पनि अस्वीकार गरिदिएको छ । 

एक युवतीले १४ जुलाई २०१५ मा स्कुलबाट फर्किँदा ती युवाले आफूलाई ‘ओ आइटम, कता जाँदै हो ?’ भनेर प्रश्न गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १९:२३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया