\
पूर्वी चितवनमा एक ट्याङकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
भानु चोकमा एक ट्याङ्करले ठक्कर दिँदा ना ३५ प ८७५६ नम्बरको मोटरसाइकलमा रहेका झापा घर भएका सुमन लुइँटेलको मृत्यु भएको हो । उनी हेटौंडाबाट गैंडाकोट आफन्तको घरमा जाँदै थिए ।
प्रहरीले ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।