सहज जितका साथ लिभरपुल च्याम्पियन्स लिगकाे अन्तिम १६ मा

इंग्लिस क्लब लिभरपुुलले युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ । उसले गएराति घरेलु टोली आयाक्सविरुद्ध ३–० को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

एम्स्टर्डमस्थित जोहान क्रुइजफ एरिनामा डच टोलीविरुद्व लिभरपुलका मोहम्मद सलाह, डार्बिन नुनोज र हार्वे इलियटले एक–एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा सलाहको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ४० औं मिनेटमा नुनेजले टोलीको अग्रता दोब्बर बनाए ।

५१ औं मिनेटमा इलियटले गोल गरेपछि लिभरपुलले ३–० को सहज जित निकाल्यो । यो जितसँगै ५ खेलमा १२ अंक जोडेको लिभरपुल समूह ‘ए’को दोस्रो स्थानमा रहँदा पराजित आयाक्स समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । 

यही समूहको अर्को खेलमा नापोलीले रेन्जर्सविरुद्ध ३–० को सहज जित निकाल्यो । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार ७:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया