मोटरसाइकलसँग बस ठोक्कियो, आमाको मृत्यु, छोरा घाइते

बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ । मोटरसाइकल चलाएका छोरा घाइते भएका छन् ।

हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे ।

मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार १८:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया