फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमारविरुद्धको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ । ब्राजिलियन फरवार्डमाथि स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो ।
२०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा अनुबन्धित भएका नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८.४ मिलियन पाउण्ड जरिवानाको मागसहित मुद्दा दायर गरिएको थियो ।
नेयमारसँगै उनका बाबुआमा, बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो । तर, अभियोजकहरूले नेयमारविरुद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका हुन् ।
नेयमार १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए । तर, खुलाइएको रकमभन्दा बढीमा सम्झौता भएको आशंका गरिएको छ । नेयमार २०१७ मा बार्सिलोनाबाट पिएसजी आएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।