सत्तारुढ दल नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ ।
कांग्रेसले यसअघि गत आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।