कांग्रेसको घोषणापत्रः असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन नगर्ने

नेपाली कांग्रेसले चुनावी घोषणा पत्रमा नै असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ ।

४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले तयार पारेको घोषणा पत्र शनिबार सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरिएको घोषणा पत्रमा कांग्रेसले प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौँ भन्ने उल्लेख गरिएको छ ।

त्यस्तै, कांग्रेसले आफ्नो घोषणा पत्रमा सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने र गर्न नदिने पनि प्रतिज्ञा गरेको छ ।

कांग्रेसले आफ्नो घोषणा पत्रमा नै संविधानको मर्म र भावनाविपरित प्रदेश र स्थानीय सरकारका अधिकारमा आवञ्चित हस्तक्षेप नगर्ने पनि घोषणा गरेको छ ।






  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १३:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया