कांग्रेसको घोषणापत्र यथार्थपरकः स्वर्णिम वाग्ले

नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले ल्याएको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिबार कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो संकल्प पत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा डा. वाग्लेले कांग्रेसले ल्याएको घोषणा पत्रमा मनगढन्त कुराहरु नभएको बताएका हुन् ।

उनले दिगो विकासको लक्ष्यसँग तादम्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्य राखिएको पनि बताएका छन् । उनले स्थानीय निर्वाचनमा बोलेका धेरै कुरा घोषणा पत्रमा नल्याएको बताएका छन् ।

उनले घोषणा पत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिकरूपमा रोजगारी सिर्जना गर्न सक्ने विश्वसनीयताका आधार घोषणा पत्रमा समावेश गरिएको पनि उल्लेख गरेका छन् ।






  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १३:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया