नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमा नै दिइने घोषणा गरेको छ ।
शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक चुनावी घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमशः ६५ वर्षमा झारिने उल्लेख गरिएको हो ।
अहिले ६८ वर्ष पुगेकाले ज्येष्ठ नागरिक भत्ता पाउने गरेका छन् । कांग्रेसले यसलाई ६५ वर्षमा झार्ने घोषणा पत्रमा उल्लेख गरेको हो ।
कांग्रेसले ७३ वर्ष पुगेका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने पनि घोषणा गरेको छ । त्यस्तै, ६५ वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने पनि कांग्रेसको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसले ३ वर्ष मुनिका बालबालिकाको उपचार पनि निःशुल्क गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।