सोलमा भागदौड मच्चिँदा सयौँ घाइते

दक्षिण कोरियाली राजधानी सोलमा भागदौडमा सयौँ घाइते भएका छन् । तीमध्ये ५० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । 

दर्जनौँलाई यो भागदौडका कारण मुटुमा समस्या देखिएको बताइएको छ ।

राष्ट्रपति युन सुक योलले आपतकालीन प्रबन्धन टिमको तुरुन्त तैनाथ गर्न निर्देशन दिएका छन् ।

सामाजिक सन्जालमा आएका केह भिडियोमा त्यहाँको जमिनमा लडिरहेका मानिसहरुलाई सिपिआर दिएको देखिएको छ । 

शनिबार साँझ हलोविनको समयमा निकै भीड भएको र त्यहाँ मच्चिएको भागदौडमा कयौँ घाइते भएको बताइएको छ । 






  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार २१:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया