दक्षिण कोरियाको सिओलमा हलोइन मनाउने भीडमा भागदौड, कम्तिमा १ सय २० को मृत्यु

दक्षिण कोरियाको राजधानी सिओलमा हलोइन मनाउने एक कार्यक्रममा भएको भागदौडमा कम्तिमा पनि १ सय २० जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सन्चारमाध्यमले सयभन्दा बढी मानिसहरु घाइते भएको जनाएका छन् ।

त्यहाँ सयौँको संख्यामा उद्धारकर्मी खटाइएको छ । 

उक्त क्षेत्रमा अहिले तनाव भएकाले घाइते वा मृतकको संख्या एकिन हुन नसकेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । 

विदेशी नागरिकहरु दर्जनौँको संख्यामा अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको महामारीपछि यो दक्षिण कोरियामा भएको पहिलो मास्कविनाको कार्यक्रम थियो ।

यसबारे थप जानकारी आउने क्रममा छ ।






  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ०:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया