दक्षिण कोरियाली अधिकारी भन्छन्– मृतकको संख्या बढ्न सक्छ

दक्षिण कोरियाको सिओलमा एक हलोइन कार्यक्रममा भएको भागदौडमा मृत्यु हुनेको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन् ।

यसअघि त्यहाँ १ सय २० जनाको मृत्यु भइसकेको पुष्टि भइसकेको छ । 

हलोइन कार्यक्रममा भागदौड मच्चिँदा त्यहाँ मुटुमा समस्या देखिएर दर्जनौँ अस्पतालमा भर्ना भएका छन् ।

घाइतेहरुको संख्या १ सयभन्दा बढी हुनसक्ने अधिकारीहरुले जनाएका छन् । घटनाको खास कारण अहिलेसम्म थाहा भइसकेको छैन । 

घटना भएको आइटेवनको ह्यामिल्टन होटल वरपर १ सय ४२ भन्दा धेरै दमकल खटाइएको छ ।






  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ०:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया