दक्षिण कोरियाको राजधानी सिओलमा शनिबार भएको हलोइन उत्सवको भागदौडमा मृत्यु हुनेको संख्या १ सय ५१ पुगेको छ । त्यहाँ कम्तिमा पनि ८२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
मृत्यु हुनेमा १० जना विदेशी रहेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।
मृत्यु हुने अधिकांश युवा भएको र उनीहरुको उमेर समूह २० देखि ३० वर्ष भएको बताइएको छ । त्यहाँबाट आएका केही भिडियो फुटेजहरुमा मानिसहरुलाई सास फेर्न समस्या भएको देख्न सकिन्छ ।
घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । केहीलाई यही भीडको भागदौडका कारण हृदयघातसमेत भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।