‘महापुरुष’ ले दुई दिनमा कमायो २ करोड ५० लाख

नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । चलचित्रले २ दिनमा २ करोड ५० लाख कमाएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । 

‘फिल्मले दुई दिनमा २ करोड ५० लाख कमाएको छ । यसको वर्ल्ड अफ माउथमा अझ राम्रो कमाइ भइरहेको छ । हाम्रो लागि त्यो एकदमै ठूलो कुरा हो,’ उनले भने । 

फिल्मले शुक्रबार १ करोडमा ओपनिङ गरेको थियो भने शनिबार १ करोड ५० लाख कमाएको हो । फिल्म प्रदर्शन भएको दिनबाटै हाउसफुल भइरहेको छ ।   





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ११:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया