यस्तो छ हेटौंडामा छठ पूजाको रौनक [फोटो फिचर]

छठ पर्वलाई बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो केही वर्षयता महत्त्वका साथ मनाउने गरिएको छ । यसै अनुसार हेटौंडा-१ को राप्ती नदी तटमा छठ पूजाको लागि हजारौँ भक्तजनहरू जम्मा भएका छन् ।

पूजाका लागि राप्तीतट सम्म्याएर ६ सय फिट लामो पण्डाल निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डबाट राप्तीतट तर्फ जाने बाटामा टेन्ट र ध्वजासहितको गेटहरू निर्माण गरिएको छ । पूजा अवलोकन गर्न आउने पर्यटकहरूका लागि विभिन्न कलात्मक मूर्तिहरू सजाइएको छ । 

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । 

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदी सहित पाँच पाण्डवले अज्ञात वासमा रहँदा गुप्त वास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। 



 



 

  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १६:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया