कमलपोखरी र गुह्वेश्वरी पुगेर राष्ट्रपतिले गरिन् छठ पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले कमलपोखरी र गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी हुन् । 

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ । 

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रुपमा सजाइएको थियो । छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो । 

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका ब्रतालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १८:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया