काठमाडौं– नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
पोखरामा केही दिनअघि गाडी जलाएको भन्दै प्रहरीले नेविसंघ कार्यकर्ता पक्राउ गरेको थियो । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि धर्ना कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा जान लागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।