डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार

चुनावी सभामा एक्कासि अचेत भएका नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको बताए ।

कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबार दिउँसो अचेत भएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार २१:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया