स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । ऊ जिरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा सुरुआती अग्रता जोगाउन नसक्दा रियल अंक बाँड्न बाध्य बन्यो । खेलको ७० औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
८० औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमनर्फत गोल गर्दै जिरोनालाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, थप गरिएको समयमा टोनी क्रुसले दोहोरो पहेलो कार्ड बेहोर्दै मैदान छाडेपछि रियल १० खेलाडीमा समेटिएको थियो ।
बराबरीमा रोकिए पनि १२ खेलमा ३२ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट १० अंकका साथ जिरोना १६ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा ओसासुना, एथलेटिक्स क्लब बिल्वाओ र रियल बेटिसले जित हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।