भारतको गुजरातमा पुल चुँडिँदा १ सय ३७ जनाले ज्यान गुमाएका छन् । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिँदा सो दुर्घटना भएको हो ।
घटनामा १०० जना घाइतेसमेत भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार ५० जना जति अझै सम्पर्कमा छैनन् ।
भारतीय वायु सेनाका जवानलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेसँग भेटघाट गरेका छन् ।
क्षमताभन्दा बढी मानिस चढाइएकाले पुल चुडिएको अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।