ब्रेक्जिटबारे इयु नेतासँग वार्ता गर्दै ब्रिटिस प्रधानमन्त्री

ब्रसेल्स– युरोपियन युनियनका अध्यक्ष जाँ–क्लाउड यंकर र ब्रिटिस प्रधानमन्त्री टेरिजा मेबीच बिहीबार बेल्जियमको ब्रसेल्समा भेटवार्ता हुने भएको छ । 

युरोपियन युनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने भए पनि ब्रिटिस संसद्का बहुमत सदस्यले प्रधानमन्त्री मेले इयु नेतासँग यसपहिले गरेको सम्झौता बेलायतको पक्षमा नरहेको भन्दै केही हप्तापहिले यसका विरुद्धमा मतदान गरेका थिए । 

‘ब्रेक्जिटका विषयमा युरोपेली आयोगको विचार प्रस्ट छ, हामीले बेलायतका प्रधानमन्त्रीको विचार के आउँछ, हेरिरहेका छौँ,’ आयोगका प्रवक्ता मार्गरितिस स्किनसले सञ्चारकर्मीसँग बताए । 

स्किनसले भने, ‘इयु नेताहरूसँग आयरल्यान्डका प्रधानमन्त्री लियो बारादकरले बुधबार भेटेपछि प्रधानमन्त्री मेले एक दिनपछि मात्र इयु नेताहरूसँग छलफल गर्दै छन् ।’





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १८:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया