भृकुटीमण्डपमा बिल्डकन प्रदर्शनी हुने

काठमाडौं– भृकुटीमण्डपमा पाँचौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार मिडिया स्पेस सोलुसन्स प्रालि, नेपाल र फ्युचरक्स ट्रेड फेयर एन्ड इभेन्ट प्रालि, भारतको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । 

निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधि नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यले गर्न लागिएको प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी ब्रान्डका १ सय ५० भन्दा बढी स्टल रहनेछन् ।

निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण हेबी इक्विपमेन्ट, प्रिफेब संरचना, युपिभिसी विन्डो मेसिनरी प्रदर्शनमा राखिनेछन् । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति तथा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, विल्डर तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहनेछ । 

२५ देखि २७ माघसम्म चल्ने प्रदर्शनीमा निर्माण कम्पनी, सब–डिलर र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी दिने आयोजकले बताएको छ । 

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुग्ने आयोजकको विश्वास छ । ५० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने उसको अपेक्षा छ । 
 





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १९:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया