जनतासामु गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको छु, बाँकी पनि पूरा गर्छु : मन्त्री कार्की
फरकधार / १४ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूले अघिल्लो निर्वाचनका बेला जनतासामु गरेको प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको दाबी गरेका छन् । 



सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा आज आयोजित कार्यकर्ता भेटघाटमा उनले आफ्नो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी भएको बताए।



सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विसं २०७४ को निर्वाचनमा जनताले आफूमाथि विश्वास गरेको र यसपटक फेरि विश्वास गर्ने दाबी गरे। 



जनताले विश्वास गरेर विजयी गराएपछि आफ्नो क्षमताले भ्याएसम्म काम गरेको उल्लेख गर्दै उनले भने, ‘विसं २०७४ को निर्वाचनका बेलामा जनतासामु मैले गरेको प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको छु ।’



मन्त्री कार्कीले नेपालको संविधानअनुसार नेपाली नागरिकले एक सय ६५ वटै निर्वाचन क्षेत्रमध्ये जुनसुकै व्यक्ति कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने व्यवस्था भएको बताए ।

आफूले सुनसरी क्षेत्र नं ४ मा गरेको विकास निर्माणको कार्य देखेर विपक्षी दलका उम्मेदवार आत्तिएको कारणले आफ्नो विषयमा विभिन्न किसिमका नकारात्मक प्रचारप्रसारमा उत्रिएको मन्त्री कार्कीले बताए ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार २०:५९:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया